‘दिलको भतेर’ मा धुर्व हिमाली र सञ्चिता शाही

काठमाडौँ । ‘दिलको भतेर’ गीतको भिडियोमा धुर्व हिमाली मोडेल सञ्चिता शाही सँगै देखिएका छन् । हिम सम्झौता डिजिटलको प्रस्तुतिमा केही दिन अघि मात्रै बजारमा आएको सोही गीतको भिडियो धुर्व हिमालीले नै निर्देशन गरेका छन् ।

करण चैसिरले छायांकन गरेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् । आफ्नै निर्देशनमा तयार पारिएको भिडियोमा धुर्व हिमालीले सञ्चिता शाहीसँग अभिनय गरेका हुन् । गायिका मुना थापा प्रनिल गुरुङको मगरको आवाज सोही गीतमा गुञ्जिएकाे छ ।

नन्दराम परियारको शब्द सृजना साथै प्रनिल गुरुङकै संगीत रहेको उक्त गीत दर्शक स्रोताको रोजाइमा पर्ने सोही गीत निर्माण पक्षले जनाएका छन् ।

प्रतिक्रिया