सिटिजन्स बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षा जगत्मा टेवा पु¥याउने उद्देश्यले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकको घोराही शाखा कार्यालयमा आयोजित एक कार्यक्रममा श्री बालकल्याण माध्यमिक विद्यालय खैरा, सौडियारको जनकल्याण प्राथमिक विद्यालय र बंगलाचुली गाउँपालिकाको माध्यमिक विद्यालय भेडाबारी मुलाबारीलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सूचना प्रविधिमा आएको आमूल परिवर्तनसँग परिचित बनाउनका निम्ति बैंकले यो कार्यक्रम सञ्चालन गरेको हो । यस बाट उक्त क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तर बढ्न सहयोग मिल्ने विश्वास बैंकले लिएको छ । आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया