मेगा बैंक र ब्लुक्रस अस्पतालबीच सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले काठमाडौंको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेगा बैंकका ग्राहकहरूलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौताअनुसार मेगा बैंकका ग्राहकहरूले ब्लुक्रस अस्पतालमा इसिजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउन्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, आइसियू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, मेगा बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्न परेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै मेगा बैंकले यसअघि मेगा बैंकले काठमाडौंको नर्भिक, ग्रान्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालसँग सम्झौता गरी विशेष छुटको व्यवस्था गरिसकेको छ ।

प्रतिक्रिया