आन्तरिक विप्रेषण कारोबारमा एनआइसीको नयाँ योजना

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरूलाई उच्चतम सेवा दिने अभिप्रायले एनआइसी एसिया रेमिटमार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना ल्याएकोे छ । बैंकले यो योजना यही ०७५ साल फाल्गुण र चैत्र दुई महिनाका लागि ल्याएको जनाएको छ ।

यस अवधिमा बैंकको ग्राहक महानुभावहरू तथा कुनै पनि व्यक्तिले एनआइसी एसिया रेमिटमार्फत नेपालभरि कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त गर्न सक्नेछन् । एनआइसी एसिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्यून शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक महानुभावहरू अझ बढी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

एनआइसी एसिया रेमिटमार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको मुलुकभर फैलिएको २ सय ७६ शाखा कार्यालयहरू, ३९ वटा एक्सटेन्सन काउन्टर, २३ वटा शाखारहित बैंकिङ इकाइ एवं ६ हजार ७ सयभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सरल र सुलभ रूपमा भुक्तानी पाउन सकिनेछ ।

प्रतिक्रिया