नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय संस्थाको सहयोग अपरिहार्य

काठमाडौं । साना तथा मझौला उद्यम व्यसायमा आबद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच, गुणस्तर सुधार तथा सीप विकासका लागि यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग अपरिहार्य भएको कुरामा जोड दिएका छन् । आर्थिक सहयोग तथा विकासका लागि संगठनको दक्षिण पूर्व एसिया हेर्ने साना तथा मझौला व्यवसायसम्बन्धी नीति तथा परियोजना प्रबन्धक म्याक्स बुलाकोभोस्कीको उपस्थितिमा आज महासंघ सचिवालयमा आयोजित घरेलु, साना तथा मझौला उद्योगको विद्यमान अवस्थासम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा सहभागी उद्यमीहरूले ओइसिडीजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग नेपाली उद्यमी व्यवसायीहरूले खोजेको बताएका थिए ।

विशेषगरी, नेपालका साना तथा मझौला उद्योग व्यवसायले पर्याप्त वित्तिय सहयोगको अभाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच, नीतिगत अप्ठ्याराहरू, कमजोर संस्थागत संयन्त्र, पुरानै परम्पराअनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता, नवीन प्रविधिको प्रयोग तथा पर्याप्त सूचनाको अभाव लगायतका समस्या भोग्नुपरेको
छ । कार्यक्रमको प्रारम्भमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले नेपाल जस्ता मुलुकका लागि घरेलु, साना तथा मझौला उद्योग व्यवसायको निकै ठूलो महत्व रहेको तर विभिन्न कारणबाट यो क्षेत्र अगाडि बढ्न नसकेकाले ओइसिडीजस्ता यसै क्षेत्रमा कार्यरत संस्थाहरूबाट सहयोगको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए ।

कार्यक्रमबाट ओइसिडीसँगको सहकार्यलाई आगामी दिनमा अगाडि लैजान थप सहयोग पुग्ने विश्वास आफूहरूले गरेको उनले बताए । सहभागी उद्यमी व्यवसायीहरूले ओइसिडीबाट खासगरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, गुणस्तर सुधार, प्रविधि प्रयोग, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय ब्रान्ड स्थापना लगायतमा सहयोगको अपेक्षा गरेको सो अवसरमा बताएका थिए । महासंघको प्रदेश–३ का अध्यक्ष दिनेश श्रेष्ठ र महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी बस्नेतले नेपालको औद्योगिक विकासको महत्वपूर्ण आधारको रूपमा रहेको एसएमइजलाई प्रभावकारी ढंगलले अगाडि बढाउन ओइसिडी र महासंघबीच सहकार्यमा जोड दिए ।

ओइसिडाका दक्षिण पूर्व एसिया हेर्ने साना तथा मझौला व्यवसायसम्बन्धी नीति तथा परियोजना प्रबन्धक म्याक्स बुलाकोभोस्कीले ओइसिडीका बारेमा प्रस्तुती दिनु हुँदै नेपाली उद्यमीहरूबाट पाएका सुझावका आधारमा के कसरी सहकार्य गरी अगाडि बढ्न सकिन्छ, आफूले सकेको सहयोग गर्ने बताए । ओइसिडीले निजी क्षेत्रसँग विशेषगरी लगानी प्रवद्र्धन, ग्लोबल भ्यालु चेन, एसएमइजको विकास, उद्योग व्यवसायको पक्षमा लबिङ गर्ने, मनिटरिङ सपोर्ट लगायतमा कार्य गर्दै आएकाले आउँदा दिनमा के कसरी सहकार्य गर्न सकिन्छ महासंघसँग सम्पर्कमा रहेर कार्य गर्ने उल्लेख गरे ।

प्रतिक्रिया