जम्यो प्रदीप र जसिताको जोडी

काठमाडौं । चलचित्र लिली बिलीबाट जोडीका रूपमा देखापरेका अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको चलचित्र ‘लभ स्टेशन’ को गीत ‘घाम जुन चाहिँदैन……’ को भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर बिहीबार गीत सार्वजनिक गरिएको हो ।

आगामी २२ चैतबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको नयाँ गीत ‘घाम जुन चाहिँदैन’ को भिडियो बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा अभिनेता प्रदीप र अभिनेत्री जसिताले प्रेमपूर्वक आफूलाई प्रस्तुत गरेका छन् । गायक तथा संगीतकार दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ ।

भियतनामको विश्वभर चर्चित स्थान दानाङ्ग, बाना हिल, ड्राइगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेसियाको बालीमा यो गीतको छायांकन गरिएको हो । यो लेकेशनमा दर्जनौं हलिउड मुभिहरू छायांकन भइसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए ।

यो पारिवारिकसँगै प्रेम कथामा आधारित यो चलचित्र ‘लस्ट एन्ड फाउन्ड’ स्टोरीमा आधारित रहेको अभिनेता प्रदीपले जानकारी गराए । उज्ज्जल घिमिरेले निर्देशन गरेको यो चलचित्र परिपक्व बनेको खडकाले दाबी गरे । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रतिक्रिया