न्यु स्टार पोल विजयी

काठमाडौं । न्यु स्टार पोलले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । न्यु स्टार पोलले दर्शनालाई सडन डेथमा पराजित ग¥यो । दर्शनाका आरोन चापागाईं ‘म्यान अफ द म्याच’ घोषित भए ।

अर्किड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा कौस्तुभ, एकलब्य र वेस्ट ग्रुप भिजनले पनि सफलता हात पारे । कौस्तुभले एन्जल लर्डलाई ३–० गोलले हरायो । कौस्तुभका समिर थापा मगरले २ तथा दिपेश थापाले १ गोल गरे । एन्जल लर्डका सुनील श्रेष्ठ ‘म्यान अफ द म्याच’ चुनिए ।

एकलब्यले पुष्प वाटिकालाई टाइब्रेकरमा ५–३ गोलले पाखा लगायो । पुष्प वाटिकाका उदय पाण्डे ‘म्यान अफ द म्याच’ बने । वेस्ट ग्रुपले भीमेश्वर एकेडेमीलाई २–१ गोलले पन्छायो । भीमेश्वरका अभिषेक अन्सारी र विजय पौडेलले १–१ गोल गरे । ‘म्यान अफ द म्याच’ भीमेश्वरका मनीष थापाले १ गोल फर्काए ।

प्रतिक्रिया