पुल्चोक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं । पुल्चोक स्पोट्र्स क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग लिगमा लगातार दोस्रो जित निकाल्दा मध्यपुर युथ एसोसिएसनलाई पहिलो हार बेहोर्न बाध्य बनाएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा)को मुख्यालयमा बिहीबार भएको खेलमा पुल्चोकले मध्यपुर युथ एसोसिएसनलाई २–१ ले हराउँदै लिगमा दोस्रो जित निकालेको हो । यसअघिको पहिलो खेलमा मध्यपुरलले खुमलटार र पुल्चोकले बाँसबारीलाई हराएको थियो ।

लगातार दोस्रो जितसँगै ६ अंक बनाएको पुल्चोक लिगको शीर्ष स्थानमा पुगेको छ । दिनकै दोस्रो खेलमा श्रीकुमारीले आरसिटीमाथि ४–२ को जित निकाल्दै लिगमा पहिलो सफलता प्राप्त गरेको छ । यता, श्रीकुमारीले भने पहिलो खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा जित निकालेको आरसिटीले दोस्रो खेल भने गुमाएको छ ।

बिहीबार पुल्चोकको जितमा रामकाजी कुमाल र टीकाराज गुरुङले गोल गरे । खेलको नवौं मिनेटमा गोल गर्दै रामकाजीले पुल्चोकलाई अग्रता दिलाउँदा ३५औं मिनेटमा टीकाराजले गोल गर्दै २–० ले अगाडि बढाए । ५२औं मिनेटमा प्रदीप लम्सालले गोल फर्काउँदै २–१ ले छोट्याए । नेपालको यु–१५ उमेरसमूहका कप्तानसमेत रहेका प्रदीपले फ्रिकिकमार्पmत गोल गरेका थिए ।

तर त्यसपछि थप गोल नहुँदा मध्यपुरले २–१ को हार बेहो¥यो । दोस्रो खेलमा सुजन महर्जनले दुई गोलप्रेरित श्रीकुमारले आरसिटीलाई ४–२ ले स्तब्ध बनायो । श्रीकुमारीका लागि थप गणेश बडुवाल र विशाल तामाङले कुल दुई गोल थप्दा आरसिटीका संसारनन्द पलान्चोके र उनम बुढाथोकीले समान एक गोल फर्काए ।

लिगमा झम्सिखेल, टुसाल र सातदोबाटोले समान दुई खेलमा एक जित र बराबरीसहित ४ अंक बनाएको छ । आरसिटी, मध्यपुर, श्रीभगवती र श्रीकुमारीले समान दुई खेलमा एक जित निकालेको छ । दुई खेल खेलको ब्वाइज युनियन र नयाँवस्तीले एक बराबरीसहित खाता खोलिसकेका छन् । दुई खेलमा खुमलटार युवा क्लब भने अंकविहीन छ ।

प्रतिक्रिया