सिवाइसी अत्तरियाको दोस्रो जित

काठमाडौं । सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा लगातार दोस्रो जित हासिल गरेको छ । अत्तरियाले बिहीबार रूपन्देही च्यालेन्जर्सलाई ३९ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।
अत्तरियाले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान, फाप्लामा टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २१ रन जोड्यो । ५० बल खेलेको दीपेन्द्रसिंह ऐरी १० चौका र १ छक्का प्रहार गरे । उनको यस प्रतियोगितामा व्यक्तिगत उच्च स्कोर हो । यसबाहेक रित गौतम, सुबेन्दु पाण्डे र सन्नी पटेल समान १२ रन बनाए ।

रूपन्देहीका लागि ललितसिंह भण्डारीले सर्वाधिक ३ विकेट लिँदा विक्रम सोबले २ तथा कप्तान वसन्त रेग्मी र पुनीत मेहराले १/१ विकेट लिए । १२२ रनको विजयलक्ष्यका साथ जबाफी ब्याटिङका लागि आएको रूपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो ।

प्रतियोगितामा टोलीको यो पहिलो हार हो । रूपन्देहीका सुमित महर्जनले सर्वाधिक २२ रन बनाउँदा सन्दीप सुनारले १५, प्रदीप ऐरीले १४, विक्रम सोबले १४ र विनोद भण्डारीले १० रन बनाए । अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दीपन्द्रसिंह ऐरी र देवेन्द्र रावतले २/२ विकेट लिए । अत्तरियाका कप्तान दीपेन्द्र अफ द म्याच भए । उनले १५ हजार रुपियाँ पुरस्कार जिते । यसै गरी बिहीबार नै भएको विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १÷१ अंक बाँडे ।

प्रतिक्रिया