संगीतकारदेखि गायक र मोडलसम्म ‘नरेश खाती’

काठमाडौं । लोकप्रीय गायीका पुर्णकला बिसी र गायक नरेश खाती क्षेत्रिको आवाजमा पञ्चेबाजा गीत ‘मत हजुर बागलुङे’ बजारमा आएको छ । दिपिका म्युजिक प्रालिको प्रस्तुतीमा बजारमा आएको सोही गीत बागलुङे कलाकार दिपक कडेंलले शब्द सृजना गरेका छन् । गायक खातीले नै उक्त गीतमा संगीत भरेका छन् ।

मोडेल करिश्मा ढकाल र नरेश खाती अफुलेनै गीतको भिडियोमा अभिनय गरेका छन् । त्यस्तै मौसम हिमालीले भिडियो निर्देशन गरेका छन् भने करण चैसिरले सोही भिडियोलाई क्यामेराले खिचेका छन् । मनोज कार्कीले उक्त भिडियो सम्पादन गरेका हुन् ।

फागुनको महिनालाई बिशेष तार्गेट गरेर सोही ‘पञ्चेबाजा’ गीत सार्वजनिक गरेको गायक नरेश खातीले बताए । दाङमा जन्मिएर कलाकारितामा हानिएका खाती सुरुमा गायकबाट नै आफ्नो करिअर अघि बढाएका थिए ।

सुरुमा दोहोरी साँझमा गीत गाएर यस क्षेत्रमा लम्किएका उनी बिस्तारै शब्द रचनाकार र संगीतकारसम्म आफ्नो करिअर बढाएका खाती अझै कलाकारिताको मोहले तान्दै गएको उनले जिकिर गरे । समय परिवर्तन र आफुमा भएको कलालाई मार्न नहुने भनाईलाई आत्मसात गर्दै पछिल्लो समयमा आफैले अभिनय गर्नमा हौसिएको खातीको भनाई छ ।

उनले आफ्नै सृजनामा दर्जनौं लोकदोहो गीतहरु बजारमा उतारिसकेका छन् भने सोही गीतमार्फत विभिन्न म्युजि अवार्डहरु पनि प्राप्त गरेका छन् । यस्तै कलाकारितामा आफुले पाएको सफलतामा दर्शक स्रोताकै मायाँ र ममताको कारण बताउने खातीले यस पञ्चेबाजा ‘मत हजुर बागलुङे’ गीतले पनि देशको मौलिक लोक संस्कृतिलाई अंगालेको हुँदा आम दर्शक स्रोताको रोजाइमा पर्ने दाबी गरे ।

समाजमा सबैसामु मिलनसार भएर कलाकारितामा जमेका उनलाई आफ्ना घरपरिवारबाट साथ र सहयोग मिलेको खाती बताउँछन् । उनि आफु मात्रै नभएर आफ्नै दाजुभाइको सहकार्यमा ‘गोरक्ष म्युजिक कम्पनी’ समेत सञ्चालन गरेर अझै परिपक्क बनेका छन् ।

नेपाली मौलिक लोक संस्कृती र देशको सबै भाषाभाषीलाई सम्मान गर्दै त्यसको मान मर्यादा नमारेर पछिल्लोपटक समय परिवर्तन भएका कारण नयाँ पुस्ता तथा मौलिकपनको पनि बिकास गर्न पर्नेमा गायक खातीको दाबी छ ।

नयाँ परिवेशलाई पनि नसमेट्ने हो भने यो भन्दा पछाडी आउने कलाकारलाई यस क्षेत्रबाट अघि बढ्न कठिनाई हुने नरेश खातीको भनाई छ । खातीले कलाकारिता क्षेत्रबाटै सन्तुष्टी रहेको बताउँदै आगामी दिनमा अझै नयाँ ढंगबाट गीत संगीतमा मर्यादित रहिरहने जनाए ।

प्रतिक्रिया