पल शाहले बनाए आँचल शर्मालाई ‘दिलरानी’

काठमाडौँ । ओपल इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ गीत ‘दिलराजा दिलरानी’ सार्वजनी भएको छ । सुमन श्रपितले शब्द रचेको उक्त गीतमा चर्चित गायक तथा संगीतकार बिबी अनुरागिको संगीत रहेको छ भने बीबी अनुरागी र म्याग्देली गायिका इन्दु बानियाँको संयुक्त आवाजमा सजिएको छ ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा सबैलाई मन पर्ने चलचित्रका नायक पल शाह र आँचल शर्माको दमदार अभिनय रहेको छ । गम्भीर बिष्टले निर्देशन गरेका सोही भिडियो नवराज उप्रेतीले छायांकन गर्नुका साथै नबिन निरौलाले सम्पादन गरेका छन् ।

युट्युबमार्फत सार्वजनिक भएको छोटो समयमै उक्त गीत र भिडियो लाखौँ दर्शक स्रोताको रोजाइमा परेको छ । यस गीतलाई फरक किसिमले तयार गरेर बजारमा ल्याएको गायक तथा संगीतकार बिबी अनुरागिले जनाएका छन् ।

गीतमा समावेश गरिएका शब्द अनुसार एवं नयाँपनको तवरबाट सोही भिडियोको अभिनयमा नायक पल शाह र नायिका आँचल शर्मालाई पनि अभिनयमा समावेश गरिएको संगीतकार अनुरागिले बताए ।

प्रतिक्रिया