पाल्पामा जनता बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौं । जनता बैंक नेपालले पाल्पा जिल्लामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोबार सुरुवातसँगै एक सीमित बैंकिङ इकाइलाई शाखामा रूपान्तरण गरिएको छ ।

पाल्पा जिल्ला रम्भा गाउँपालिका–३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार सुरु गरिएको हो । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउन्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोबार गरिनेछ ।

साथै, उक्त क्षेत्रका उद्यमी, व्यापारी तथा सर्वसाधारणहरूले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्ने भएका छन् । हाल सातवटै प्रदेशमा १ सय २८ शाखा, ५० शाखारहित बैंकिङ केन्द्र, ७९ एटिएम र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया