ओप्पोद्वारा विजेता घोषित

काठमाडौं । सेल्फी एक्स्पर्ट एन्ड लिडर ओप्पोले ‘भ्यालेन्टाइन्स डे विथओप्पो’ कन्टेस्टका विजेताहरूको घोषणा गरेको छ । ओप्पोले भ्यालेन्टाइन्स डे र यसलाई रुचिपूर्वक मनाउने युवा जमातलाई लक्षित गर्दै यो कन्टेस्टको घोषणा गरेको हो । फेबु्रअरी ५ देखि ११ सम्म कम्पनीको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक र इन्स्ट्राग्राम) मार्फत सञ्चालित उक्त कन्टेस्टमा युवा जमातको चाखलाग्दो सहभागिता देखिएको थियो ।

प्रतियोगितामा सहभागिताका लागि इच्छुकले कम्पनीको आधिकारिक फेसबुक वा इन्स्ट्राग्राम पेजमा आफ्ना प्रियजनसँग आफ्नो एक तस्बिर ह्यासट्याग ओप्पोडेट र ह्यासट्याग ओप्पोएनपिको अनिवार्य प्रयोगसहित पोस्ट गर्न आग्रह गरिएको थियो । सहभागीमध्ये प्रतिना प्रधान र आयुश कार्की कन्टेस्टका विजेताका रूपमा छनोटमा परेका छन् । दुवै विजेताले कम्पनीका तर्फका फेब्रुअरी १४, भयालेन्टाइन्स डेका दिनमा दुई÷दुई जनाका लागि पूर्ण प्रायोजित ‘ओप्पो डेट’ जितेका छन् ।

प्रतिक्रिया