सर्वनाममा पिँजडाकी चरी

काठमाडौं । सर्वनाम थिएटरमा माघ १८ गतेदेखि ‘पिँजडाकी चरी’ नाटक मञ्चन भइरहेको छ । चारजना कलाकारको अभिनय रहेको यस नाटकमा दयाराम र मोहनको भूमिका मनोज महर्जनले खेलेका छन् । सुख्ली र कुसुमको भूमिकामा भूमिका थारू, मन्त्री र हजुरबाको भूमिकामा पाश्लाक्पा शेर्पा र हजुरआमाको अभिनयमा सुनिता बाडे ।

कलाकार भूमिका थारुको कविता ‘अ लिटल बर्ड इन अ केज’ मा आधारित रहेर नाटक तयार पारिएको हो । नाटकलाई फ्रान्सका रंगकर्मी म्याक्सिम सिसडले निर्देशन गरेका हुन् । फागुन ४ गतेसम्म जारी रहने यो तयार पार्न सिसड उनी एक महिना नेपाल बसेका थिए ।

प्रतिक्रिया