गौतमले महफिल जमाउँदै

कास्की । फलैंचा स्पट कालिकास्थानको प्रस्तुतिमा गायक दिनेश गौतमले पोखरामा गजल गाउने भएका छन् । नेपाली संगीत क्षेत्रमा फरक धार र स्वादका गीत र गजल गाउँदै आएका गौतमले ३ फागुनमा सांगीतिक महफिल जमाउने भएका हुन् ।

उनले पोखरामा झन्डै दर्जन गजल सुनाउने आयोजकले जानकारी दिएको छ । पैसा गीतबाट चर्चामा आएका गौतमले महफिलमा पोखरेली गीत, गजल र संगीतका पारखीलाई गौतमले विशेष स्वाद चखाउने छन् । पोखराको फेवा रिसोर्ट डिहिकोपाटनमा शुक्रबार ५ बजे साँझ हुन लागेको महफिलको गजल सन्ध्या पोखराले सहकार्य गरेको छ । कार्यक्रमको सबै तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया