‘बागी ३’ मा टाइगर श्रद्धा

एजेन्सी, मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपुरको जोडी चलचित्र ‘बागी’ सो तेश्रो श्रृंखलामा पुनः देखिने भएको छ । यसअघि यो जोडी सिनेमाको दोस्रो सिक्वलमा एकसाथ देखिएका थिएनन् ।  ‘बागी २’ मा टाइगरको जोडीका रूपमा उनी प्रेमीका समेत रहेकी दिशा पटानी रहेकी थिइन । यस सिनेमामा श्रद्धाले पनि एक्सन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेत्री श्रद्धा हाल दक्षिण भारतीय सुपरस्टार अभिनेता प्रभाससँगको चलचित्र ‘साहो’ र वरूण धवनसँग ‘स्ट्रिट डान्स’ मा व्यस्त छन् । यी दुवै चलचित्रको काम सकेपछि उनी ‘बागी ३’ मा काम गर्ने जनाइएको छ । ‘बागी ३’ आगामी वर्ष मार्च ६ मा रिलिज निर्माण पक्षले जनाएको छ । एक्सन सिरिजको पहिलो सिनेमा सन् २०१६ मा रिलिज भएको थियो भने दोश्रो श्रृखंला गत वर्ष रिलिज भएको थियो । सिनेमामा श्रद्धा र टाइगरको जोडीले दर्शकलाइ आकर्षित गर्ने समीक्षकले अनुमान गरेका छन् ।

प्रतिक्रिया