सन्तोषले ल्याए ‘मेरी आमा’

काठमाडौं । गायक सन्तोष परियारको आवाज रहेको ‘मेरी आमा…’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच हिमांशु रायमाझीको शब्द, गायक सन्तोषकै संगीत र प्रश्न परियारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

संगीकार राजु सिंहको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको गीतको भिडियो सन्देशमुलुक रहेको अतिथिले बताए । दिलिप समनको निर्देशन रहेको गीतको भिडियोमा रश्मि भट्ट, श्याम रोक्का, विशाल थापा, हिमांशु रायमाझी र सन्तोष परियारको अभिनय छ । फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियो व्यवस्थापन विक्रम तामाङले गरेका छन् ।

यसअघि गायक सन्तोषको महल र यो जुनीमा गीतले चर्चा पाएका थिए । रायमाझीले पनि गायक कमल खत्री र नेपाल आइडल बुद्ध लामाको स्वरमा आफ्नो गीत निकाली सकेकी छन् ।

प्रतिक्रिया