पाणिनि विजयी

काठमाडौं । पाणिनि चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार विजयी भएको छ । काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भएको खेलमा पाणिनिले डिफेन्डिङ च्याम्पियन नेक्ससलाई टाइब्रेकरमा ३–१ गोलले पराजित ग¥यो । नेक्ससका मनीष बरिया ‘म्यान अफ द म्याच’ घोषित भए ।

अन्य खेलमा हाइली क्रिएटिभ, टाइमलाइन र श्रमशिलले जित हात पारे । हाइलीले ब्रम्हकुञ्जलाई ३–१ गोलले हरायो । हाइलीका मनीष पौडेल, देवचन्द्र पाठक र भिसन राईले गोल गरे । ब्रम्हकुञ्जका संगत बस्नेतले सान्त्वना गोल गरे । ब्रम्हकुञ्जका मोहन सापकोटा ‘म्यान अफ द म्याच’ चुनिए ।

परिस्कृत अधिकारीको निर्णायक गोलमा टाइमलाइनले गोल्डेन बडलाई १–० गोलले पाखा लगायो । गोल्डेन बडका रूपेश फुयाल ‘म्यान अफ द म्याच’ बने । श्रमशिलले न्यु होली क्रसमाथि २–० को जित दर्ता ग¥यो । विपन सुनुवार र सविन ढकालले गोल गरे । होली क्रसका मनीष तामाङ ‘म्यान अफ द म्याच’ भए ।

प्रतिक्रिया