हिरो गोल्डकप फुटबल: नेपाली महिला फाइनलमा

काठमाडौं । नेपाल भारतमा जारी हिरो गोल्डकप महिला फुटबलको फाइनलमा पुगेको छ । पहिलो खेलमा हार बेहारेको नेपालले त्यसपछि लगातार दुई खेल जित्दै उपाधि भिडन्त पक्का गरेको छ । भारतको उडिसास्थित कलिङ्ग रंगशालामा बुधबार भएको लिगको तेस्रो तथा अन्तिम खेलमा इरानमाथि ३–० को जित निकाल्दा म्यानमार र भारतको बीचको नजिता पनि आफ्नो पक्षमा आएपछि नेपालले उपाधि भिडन्त तय गरेको हो ।

तीन खेलमा म्यानमारसँग एक मात्र हार बेहोरेको नेपालले भारतमाथि २–१ को ऐतिहासिक जित निकाल्दा इरानसँग पनि सफलता दोहो¥यायो । तर, नेपालले फाइनलको यात्रा तय गर्न म्यानमारले भारत हराउनुपर्ने या बराबरीको नतिजा आवश्यक थियो । सोहीअनुरूप म्यानमारले भारतलाई २–० ले स्तब्ध बनाएपछि नेपालले फाइनलको यात्रा तय ग¥यो ।

लिगमा अपराजित म्यानमारले पनि शीर्ष स्थानमा रहँदै फाइनलमा नेपालसँगको भट पक्का ग¥यो । राउन्ड रोबिनका आधारमा सञ्चालन भएको प्रतियोगितामा अपराजित म्यानमार तीन खेलमा ९ अंक र ३ खेलमा ६ अंक बटुल्दै शीर्ष दुईमा रहेर फाइनलमा पुगेको हो । आयोजक भारतले भने तीन खेलमा ३ अंकसहित तेस्रो स्थानमा रहँदा इरान सबै खेलमा पराजित हुँदै अंकविहीन भएर घर फर्कियो ।

गत सोमबार फिफा वरीयतामा आफूभन्दा ४६औं माथि रहेको भारतमाथि २–१ को नतिजा निकालेको नेपालले फिफा वरीयतामा ६०औं स्थानको इरानलाई भने ३–० ले हरायो । नेपाल भने फिफा वरीयतामा १ सय ८औं स्थानमा छ । नेपालले बुधबार इरानविरुद्धको खेलमा सुरूवातदेखि आक्रामक बन्दै दबाब बनाएको थियो । नेपालभन्दा फिफा वरीयतामा ४८औं स्थान माथि रहे पनि इरानले सुरुआतमा रक्षात्मक रणनीति अनपनायो ।

यद्यपि, नेपालको अग्रपक्तिले सुरुआतको मिनेटदेखि नै लगातार चुनौति दिएपछि इरानका प्रशिक्षकले फरमेसन परिवर्तन गरेका थिए । इरानले सुरूआतमा ५ डिफेन्डर मैदानमा उतारे पनि नेपालको दबाब बढेपछि अग्रपक्तिलाई बलियो बनाएको थियो । यद्यपि, प्रभावकारी बन्न सकेन् । उल्टै नेपालले आफ्नो आक्रमण कायम राख्दै ३–० को जित निकाल्यो ।

प्रतिक्रिया