समाजिक कल्याणमा स्नातकोत्तर र विद्यावारिधिमा छात्रवृति

काठमाडौं । सामाजिक कल्याणमा स्नातकोत्तर र विद्यावारिधि गर्न चाहने नेपाली विद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल विश्वविद्यालयले छात्रवृत्ति दिने भएको छ । यसका लािग बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच बुधबार काठमाडौंमा सम्झौता सम्पन्न भयो ।

सम्झौता बमोजिम नेपाली जेहेन्दार बिद्यार्थीलाई मास्टर्स वा पिएचडी डिग्री हासील गर्न पत्रकार मञ्चले सिफारिस गर्नेछ । मञ्चले गरेको सिफारिसका आधारमा बिश्वबिद्यालयले छात्रबृत्ति उपलब्ध गराउने छ । बिश्वविद्यालयका तर्फबाट अध्यक्ष डा. यून सियोङ् योङ् र मञ्चकोतर्फबाट अध्यक्ष युवराज भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौतामा पत्रमा पत्रकारहरुको क्षमता बिकास र बृत्ति बिकासका कार्यक्रममा विश्वविद्यालयले सहयोग गर्नेछ ।

आपसी सहयोगमा कला, संस्कार तथा संस्कृतिको आदान प्रदान हुने, नेपालका बिश्वविद्यालयसँग समन्वय गरेर नेमसोल बिश्वबिद्यालयले सामाजिक कल्याण बिषयमा अध्ययन अध्यापन गराउने, पत्रकारहरुलाई अन्तरराष्टिय« रिपोटिङ्मा अभ्यस्त गराउन भ्रमण अबलोकनमा सहभागी गराउने लगायतका बुँदा सम्झौतामा उल्लेख छन् ।

हस्ताक्षरपछि बोल्दै बिश्वबिद्यालयकी प्राध्यापक युन सिल किमले नेपालका विभिन्न समुदायमा गएर सामाजिक मनोबिज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने इच्छा ब्यक्त गर्दै यस प्रकारको काममा पत्रकार मञ्चको अगुवाई हुने कुरामा आफू बिश्वस्त रहेको बताइन् । हामी नेपालका व्युटी एण्ड हेल्थ, स्पोर्टस एण्ड हेल्थ, चाइल्ड सोसल वेलफेयर जस्ता बिषयमा अध्यापन गराउन चाहन्छौं ।

यसका लागि हामीले नेपालका शिक्षा मन्त्रीसँग पनि भेट गरी सकेका छौं । नेमसोलमा अहिले पनि ७ जना बिद्यार्थी अध्ययन गरिरहेका छन् । हामी जेहेन्दार बिद्यार्थीलाई बार्षिक रुपमा छात्रवृत्ति दिनेछौं । कार्यक्रममा धारणा राख्ने नेपाली मुलकी प्राध्यापक सृजना थापाले पत्रकारहरुलाई शैक्षिक र व्यवसायिक सीपबाट स्तरीय पत्रकारिताका लागि सहयोग हुने बताए ।

प्रतिक्रिया