स्प्राइटको ब्रान्ड एम्बेस्डरमा अनमोल केसी

काठमाडौं । पेय पदार्थ ब्रान्ड स्प्राइटले युवा अभिनेता अनमोल केसीलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । यो कदम नेपाली कलाकारहरूलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पेय पदार्थको प्रतिवद्घता हो ।

आकर्षक र प्रभावशाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राइटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतिमा सहयोग गर्नेछन् ।

कोकाकोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘स्प्राइटले विश्वव्यापी रूपमा प्यासनेट युवाहरूसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्रान्ड स्प्राइटसँग पूर्ण रूपमा मिल्छ । हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको कम्पनीले उल्लेख गरेको छ । स्प्राइटका नव नियुक्त ब्रान्ड एम्बेस्डर अनमोल केसीले स्प्राइटको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताए ।

प्रतिक्रिया