कामना सेवा बैंकले सहुलियत दरमा कर्जा दिने

काठमाडौं । कामना सेवा विकास बैंक, पोखरा महानगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका न्यून आय भएका एकसय घरपरिवारका लागि सुरक्षित घर निमार्णका लागि सहुलियत दरमा कर्जा प्रवाह गर्ने त्रिपक्षीय सम्झौता भएको छ । पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख मानबहादुर जिसी तथा प्रशासकीय अधिकृत शेषनारायण पौडेल, बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र लुमन्तीको आवासका लागि सहयोग समूहको तर्फबाट लजना मानन्धरले संयुक्त रूपमा हस्ताक्षर गरे ।

पोखरा महानगरपालिकाको सभा हलमा भएको सम्झौता समारोहमा विभिन्न वडाका वडाध्यक्ष तथा सचिवहरू, बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले, बैंकका उच्च पदस्थ कर्मचारीहरू, महानगरपालिकाका कर्मचारीहरू, पत्रकार तथा विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा ६४ वटा शाखा तथा १७ वटा एटिएममार्फत सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया