‘ट्राभल ट्रेड सो’मा सहभागी हुंदै नेपाल

अस्मिता खड्का, काठमाडौं । नेपालले चेन्नईमा हुन लागेको भारतको सबैभन्दा ठूलो पर्यटकीय व्यापार मेला (ट्राभल ट्रेड सो –टिटिएफ) २०१९ मा भाग लिने भएको छ । २०१९ फेब्रुअरी १५ देखि १९ सम्म हुन लागेको ३ दिने पर्यटन व्यापार मेलामा ८ देशका १२५ कम्पनीहरूसँगै नेपालसमेत सहभागी हुन लागको हो । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले नेपाल पर्यटन बोर्डसँगै १३ वटा पर्यटकीय व्यापार कम्पनीले सहभागिता जनाउने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

चेन्नईमा आयोजित पर्यटकीय व्यापार मेला स्थानीय उत्पादन प्रदर्शन गरिने भएको छ । अन्य देशसँगै आफ्नो देशको विभिन्न हिउँदे तथा ग्रीष्मकालीन पर्यटकीय गन्तव्यका लागि यो मेलाले सुनौलो अवसर ल्याएको बोर्डले जनाएको छ । मेलाले द्विपक्षीय व्यापारिक सम्बन्ध बढाउनुका साथै स्वदेशी तथा विदेशीको विकास गर्नमा सहयोग पु¥याउने पर्यटन बोर्डकी अध्यक्ष शुशीलाकुमारी बरालले बताइन् ।

छिमेकी मुलुक भएको नाताले आन्ध्र प्रदेश, गोवा, गुजरात, हिमाञ्चल प्रदेश, झारखण्ड, केरला, उडिसा र तामिलान्डु लगायतका ६ हजारभन्दा बढी प्रदर्शक र विभिन्न व्यक्तित्वले नेपालका विभिन्न निजी कम्पनिहरूको प्रत्यक्ष रूपमा अवलोकन गर्नेसमेत पर्यटन बोर्डले जनाएको छ । नेपालले सन् २०१८ मा १ करोड २७ लाख ३ हजार पर्यटक भित्र्याउन सफल भएको थियो । जसमध्ये भारतबाट मात्र १७ दशमलव ८ पर्यटक भित्रिएका थिए । यसबाट पर्यटकीय बजार बढाउनमा अन्य देशको तुलनामा भारतको मुख्य भूमिका रहेको बुझ्न सकिन्छ ।

विश्वमा सबैभन्दा बढी पर्यटकीय गन्तव्यको रूपमा पनि भारत पर्दछ । त्यसैले २०१९ को यस व्यापारिक मेलाले नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० मा भारतबाट मात्रै ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने उदेश्य पूरा गर्न सहयोग पुग्ने समेत वोर्डले जनाएको छ । भारतबाट मात्र नभई अन्य देशका पर्यटकको संख्या बढाउन यस मेलाबाट ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको जनाइएको छ ।

प्रदर्शनीमा नेपालका पर्यटकीय स्थल तथा यहाँको सांस्कृतिक मौलिकता झल्किने सामग्रीलगायत स्थानीय उत्पादन राखिने छ । नेपाल पर्यटन बोर्डका तर्फबाट लेखनाथ भुसाल, विद्या गौतम, शुशीला कुमारी बराललगायत विभिन्न ट्राभल तथा टुर्स कम्पनीको प्रर्दशनीमा सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया