घरघर बिजुली जन-जनमा सेयर, गाउमा बिजुली बल्यो

कृष्ण ओझा, पाँचथर । याङवरक गाउपालिका नागीमा सोमबार संघिय सांसद वसन्तकुमार नेम्बाङले विद्युतीकरणको उद्घाटन गरेका छन् । बिजुलीको बलभ स्वीचअन गरी उद्घाटन गरेका हुन । प्रमुख अतिथिको क्रममा उनले घरघरमा विजुली,जनजनमा शेयर वितरण गर्ने सरकारको विद्युत नीति रहेको भन्दै अब जनता मालिक बन्ने दिन आएको बताए । ʻकाबेलीमा विद्युत परियोजना निर्माणधिन छ । त्यहाँ तपाईहरूले शेयर लगाउनुभयो ।ʼ उनले भने, ʻशेयरधनी हुनु भनेको मालिक हुनु हो । कम्युनिष्ट सरकारले जनतालाई मालिक बनाउँदै आर्थिक रूपमा समृद्ध बनाउँछ ।ʼ

उनले सोमबारदेखि नै याङवरक गाउँपालिका समृद्धीतर्फ उन्मुख भएको पनि बताए । यससँगै बिषेस अतिथि प्रदेशसभा सदस्य गणेश काम्बाङले उद्घाटन गर्दे ʻउज्यालो याङवरक,समृद्ध याङवरकʼ भएको बताए । उनले जनतासामू गरेका बाचाहरु पूरा हुँदै जाने पनि बताए । उनले बिजुलीको उपयोगिता बारे जनमानसमा प्रष्ट पारे । काम्वाङले अव मासु लगायत ताजा राख्नका लागी विजुलिबाट फ्रिज राखेर सवै चिज व्यवस्थापन गर्न सकिने जनाए । त्यस्तै उद्घाटन समारोहमा पालिकाका उपाध्यक्ष कमलकुमारी योङयाहाङले पालिकाको सहयोग सहित सहकारी मार्फत बिजुली बाल्न सफल भएको र याङवरक उज्यालो मुक्त भएको जनाएकी थिइन ।

पाँचथरको याङ्वरक गाउँपालिकाको नागीका चार सय ५० घरमा विजुली बत्ति बलेको छ । विजुली बत्ति बलेपछि नागीवासीको वषौँदेखिको बिजुली बत्ति बाल्ने चाहना पूरा भएको उपभोक्ता ले जनाए । राष्ट्रिय प्रसारण लाइन १ सय ३२ केभीएको अमरपुर सब–स्टेशनबाट नागीमा विद्युतीकरण गरिएको हो । कूल नौ सय २० घरमा विद्युतीकरण गर्नु पर्नेमा पहिलो चरणमा चार सय ५० घरमा विद्युतीकरण गरिएको हो । अब चार सय ७० घरमा विद्युतीकरण गर्न बाँकी रहेको विद्युतीकरण गराउँदै आएको संस्था गडी ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ ।

संस्थाका अनुसार विद्युतीकरणका लागि कूल ६ करोड २० लाख रूपैयाँ बजेट छ । जसमध्ये बजेटको ९० प्रतिशत अर्थात पाँच करोड ५९ लाख रूपैयाँ नेपाल विद्युत प्राधिकरण र बजेटको १० प्रतिशतले हुन आउने ६१ लाख ५७ हजार रूपैयाँ उपभोक्ताले बेहोरेका छन् । उपभोक्ताले बेहोरेकोमध्ये पनि २७ लाख रूपैयाँ भने अरूण कावेली विद्युत कम्पनीले सहयोग गरेको हो । याङ्वरक गाउँपालिका तथा ५ र ६ नम्बर वडापालिकाले टीओडी मिटरसँगै आवश्यक सामग्री खरिदमा १५ लाख रूपैयाँ सहयोग गरेको गडी ग्रामिण विद्युत सहकारी संस्थाले जनाएको छ । विद्युतीकरणको काम भने जयदुर्गे र त्रिपुरेश्वर जेभीले गरेको हो । जेभीले १८ महिनामा विद्युतीकरण गरिसक्नु पर्ने भएपनि ३९ महिनामा मात्रै सकेको हो ।

प्रतिक्रिया