भेट्रान बास्केटबल टोली पोखरा जाने

काठमाडौं । गण्डकी प्रदेशको सदरमुकाम पोखरामा हरेक वर्ष आयोजना हुने तेस्रो कुँवर ब्रदर्श एन्ड सन्स राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको लागि ठमेल युनाइटेड समूह बुधबार प्रतियोगिता स्थल प्रस्थान गर्ने भएको छ । टोलीलाई बुधबार बिदाई गरिएको छ ।

ठमेल युनाइटेडको टोलीको कप्तानी अर्जुन लाल प्रधानले गर्नेछन् । खेलाडीहरूमा प्रशान्त ताम्रकार, विपीन कपाली, कर्मा गुरुङ, विपेन्द महर्जन, अनिल महर्जन, विनोद गुरुङ, ओम चन्द्र घले, नरेन्द्र श्रेष्ठ र शैलेश श्रेष्ठ छन् । प्रशिक्षकमा फणिन्द्र श्रेष्ठ र व्यवस्थापकमा सन्जीव मान प्रधान रहेका छन् । पुन सोसाइटीको आयोजनामा हुने तेस्रो संस्करणको प्रतियोगिता फागुन २ गतेबाट ४ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिने छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रूपैयासहित कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रूपैया हात पार्नेछ ।

प्रतियोगिताको अनुशासित टोली, सर्वाेत्कृष्ट खेलाडी, र सर्वाधिक स्कोरकर्ताले विशेष पुरस्कार प्राप्त गर्नेछ । ठमेल युनाइटेड समूह अघिल्लो दुवै संस्करणको विजेता हो ।

प्रतिक्रिया