न्युक्यासल र उल्भर ह्याम्पटनको बराबरी

 

एजेन्सी, लन्डन । न्युक्यासलले सोमबारको इङ्लिस प्रिमियर लिगमा उल्भर ह्याम्पटनलाई १–१ गोलको बराबरीमा रोक्दै रेलिगेसन क्षेत्रमाथि उक्लिएको छ । राफाइल बेनिटेजको क्लब न्युक्यासल खेल सकिन केही मिनेट बाँकी छँदा जितनजिक पुगे पनि अन्तिम समयमा समालिन नसक्दा अंक बाँड्न परेको थियो । सन् २०१७ पछि इसाक हायडेनले पहिलो गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए पनि दोस्रो हाफमा गोल बेहो¥यो । उल्भर ह्याम्पटनका गोलकिपर रुई प्याट्रिसियोको खराब बचाउलाई सदुपयोग गर्दै हायडेनले गोल गरेका थिए ।

तर, इन्जुरी समयमा स्लोभाकियन गोलकिपर डुब्राभ्काले सहज बललाई नियन्त्रणमा लिन नसक्दा विली बोलीले गोल गर्दै महत्वपूर्ण अंक खोसेका थिए । डुब्राभ्काले गल्ती गरेपछि न्युक्यासलले स्पष्ट तीन अंक बटुल्ने अवसर गुमायो । त्यो बराबरीसँगै न्युक्यासल रेलिगेसन जोनभन्दा एक अंकले माथि छ । यता उल्भरह्याम्पटन भने ३९अंकसहित सातौं स्थानमा छ । छैटौँ स्थानमा रहेको चेल्सीको ५० अंक छ ।

खेलको सुरुआतमा न्युक्यासलका सालोमन रोन्डनले गोलका केही अवसर बनाए पनि प्याट्रिसियोले सफल हुन दिएनन् । यसबीच उल्भरह्याम्पटनले पनि केही पेनाल्टी अपिल गर्दै न्युक्यासलमाथि दबाब बनाएको थियो । न्युक्यासलका क्रिस्टियन अत्सुले राउल जिमिनेजमाथि खतरानक ट्याकल गर्दा उल्भरह्याम्पटनले पेनाल्टी माग गरेको थियो । यद्यपि, खेलका रेफ्री ग्राहम स्कटले तत्कालै इन्कार गरिदिए ।

उल्भर ह्याम्पटनका खेलाडी जिमिनेज प्रिमियर लिगमा दोहोरो अंकको गोल संख्या पु¥याउन दोस्रो मेक्सिकन खेलाडी हुनबाट एक गोलले चुकिरहेका छन् । उनले यस सिजन उल्भरह्याम्पटनबाट ९ गोल गरेका छन् । शीर्ष स्थानमा वेस्टह्यामका जाभियर हर्नान्डेज छन् । यता, उल्भर ह्याम्पटनले खेलको सुरुआतदेखि दबाब बनाएको न्युक्यासललाई पहिलो हाफमा रोकेको थियो ।

तर, ५६औं मिनेटमा हायडेनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए । त्यसलगत्तै उल्भरह्याम्पटनका डिओगो जोटाले गरेको उत्कृष्ट आक्रमणलाई न्युक्यासलका गोलकिपर डुब्राभ्काले सफल हुन दिएनन् । ७२औं मिनेटमा न्युक्यासलका लागि पाराग्वेका मिडफिल्डर मिगुल अल्मिरोनले डेब्यु गरेका थिए । उनी गत महिना क्लबको कीर्तिमानी मूल्य २० मिलियन युरोमा एटलान्ट युनाइटेडबाट भित्रिएका थिए ।

तर, खासै प्रभाव जमाउन भने सकेनन् । खेलको अन्तिम समयतिर उल्भरह्याम्पटनले दबाब बनाइरहँदा डुब्राभ्काले खलनायकी प्रदर्शन गरे । एडमा ट्राओरेको अकासिएको क्रस बललाई डुब्राभ्काले नियन्त्रणमा लिन नसक्दा बोलीले हेडमार्पmत गोल गरे । त्यससँगै उल्भरह्याम्पटन खेलमा फर्कियो ।

प्रतिक्रिया