एसईई परीक्षा मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन

काठमाडौँ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

मन्त्री पोखरेलले आगामी चैत्र १० गतेदेखि सञ्चालन हुने एसईई परिक्षाको प्रश्नपत्र छपाई परिक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षालाई व्यवस्थित बनाउँन आग्रह गरेका हुन् ।

परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने बताउँदैं मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परिक्षा केन्द्र तोक्दा बिषेश ध्यान दिनुपर्ने बताएका छन् । बैंठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।

यस वर्षदेखि एसईई परिक्षा प्रदेशगत रुपमा सञ्चालन हुने भएको छ । यस बर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।

बरालले प्रदेशगतरुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । बरालले उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया