सरकारको एक वर्षे कार्यकाल सफल : नेता बडाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् ।

रिपोर्टर्स नेपालले आज गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले अहिले युद्धस्तरमा विकास निर्माणका काम भैरहेको र बाटाहरु धमाधम चार लेनबाट ६ लेन, र ६ लेनबाट ८ लेनमा स्तरोन्नती भैरहेको बडालले बताएका छन् । विकास निर्माणका कामहरु धमाधम भैरहेको उनले जिकिर गरे ।

सरकारले यो एक वर्षमा धेरै महत्वपूर्ण कामहरु गरिरहेको अझै गर्दै जाने बडालले विश्वास दिलाए । उनले भने,‘भारतसँग पिटिए भएको छ, यो हाइड्रो क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि हो, थप हवाई रुट दिने सहमति भएको छ ।त्यस्तै केरुङ, काठमाडौं रेलमार्गको डिपिआर पनि निर्माण भइसकेको उनले जनाए ।

भारतबाट काठमाडौं रेल आउने, पुर्व–पश्चिम रेलमार्गको पनि काम भैरहेको लगायत विकास निर्माणका भइरहेको बडालले बताए । सरकार अझै प्रभावकारी र अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्छ भन्ने जनताको चाहनालाई आफूहरुले स्वभाविक रुपमा लिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया