१: तर्किएर हिँड्छाै भने अब फेरि बोलाइदैन !
चर्किएर फुटे पछी मुटु फेरी जोडीदैन !!
तिम्रो नजर छुरा रहेछ फर्केर अब हेरिदैन !!!
भो पुग्यो अब मलाई तिम्रो साथ चाहिँदैन !!!!
२: धोका खानु सम्म खाइ सकेँ अब खाइँदैन !
पहिलो प्रेममै धोका पाएँ अब मायाँ लाईँदैन !!
संसार बाटै बिलाएपछी खोज्दा फेरि पाईँदैन !!!
साटोमा दिएको चिनाे अब मलाई चाहिँदैन !!!!
३: एक चोटि आउ भन्यौ अब फेरि आईँदैन !
त्यागेको बाटोमा अब कहिल्यै गईँदैन !!
बिगतमा झैँ होस गुमाएर फेरी बेहोस भईँदैन !!!
बेहोसिमै राख्नेहरु अब मलाई चाहिँदैन !!!!
४: जती भिज्नु मुटु भिज्याे नयन अब भिजाईँदैन !
तिमिलाइ भुल्न जती रोएँ अब कैहिल्यै राेईँदैन !!
याे नाममा अब तिम्रो नाम कहिल्यै जाेडिदैन !!!
नाम मात्रैको मित्र कहिल्यै मलाई चाहिदैन !!!!
५: तिम्राे क्षमता छ भन्दैमा जस्ताे पनि पिडा सहिँदैन !
शब्द रुपि वाण खेप्न एकान्तमा गईँदैन !!
तिमी जस्तो निस्ठुरी यो संसारमा खोजेरनी पाईँदैन !!!
तिमी जस्ताे निस्ठुरिको साथ मलाई कहिल्यै पनि चाहिँदैन !!!!
प्रतिक्रिया