बाजुराबाट ६२ जुवाडे पक्राउ

मार्तडी । जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महीनामा ६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद गरेको छ । सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

कात्तिकमै मात्र चार जुवाखालबाट रु एक लाख १६ हजार नगदसहित २५ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । भाटले भने,“जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा आवतजावत गराएमा उक्त व्यक्तिलाई कानूनी कारवाही गरिनेछ ।

स्थानीयस्तरमा रहेका होटल तथा पसलमा जुवातास खेल्नेलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घरमा जम्मा भएर जुवा खेल्ने गरेको पाइएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताए ।

जिल्लाका नौ वटै स्थानीय तहका विभिन्न ठाउँमा मदिरा खाएर हो हल्ला गर्ने चारसयलाई प्रहरीले कारवाही गरेको जनाएको छ । प्रहरीले चार महीनामा तीन हजार ३२ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

प्रतिक्रिया