बृज सिमेन्ट इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

काठमाडौं । पुल्चोक कलेजमा बृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न भएको छ । माघ २४ गतेबाटदेखि सुरु भएको उक्त प्रदर्शन तीन दिनसम्म भएको हो । उक्त कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्रांगणमा आयोजना गरिएको थियो ।

कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रीय क्याम्पस पुल्चोकको आयोजनामा ‘दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ पद्धति’ नारा रहेको थियो । प्रतियोगितामा फोटोग्राफी, पेन्टिङ, क्विज, सफ्टवेयर कम्पिटिसन, ट्रेजर हन्ट, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, मोडल कम्पिटिसन गरी आठ विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रर्दशनीमा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई बृज सिमेन्टका सिनियर ब्रान्ड म्यानेजर अमित श्रेष्ठले बृज सिमेन्ट ट्रफी प्रदान गरे ।

प्रतिक्रिया