रिचार्जर एपले थप्यो आधा दर्जन नयाँ फिचर

काठमाडौं । धेरैभन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरू थप गरेको छ । साथै, रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आइफोन एक्स उपहार योजनासमेत सार्वजनिक गरेको छ । रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर यसका प्रयोगकर्तालाई गोलाप्रथाबाट आइफोन एक्स प्रदान गर्ने घोषणा गरेको छ । जसका लागि भने कम्पनीले केही सर्त तोकेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार आइफोन एक्सको लक्की ‘ड्र’ मा सहभागी हुनका लागि गुगलप्ले वा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरेर खाता खोल्नुपर्ने हुन्छ । त्यसपछि रिचार्जरको फेसबुक पेज लाइक गर्नुपर्ने छ । यसका साथै कम्तीमा १५ जना साथीहरूलाई फेसबुकमा रिफरल ट्याग गर्नुपर्ने छ ।

१५ जनाभन्दा बढी साथीहरूलाई रिचार्जरको एप रिफरल ट्याग गर्नेहरू मध्येबाट गोला प्रथागरी एक जनालाई आइफोन एक्स वितरण गरिनेछ । यो योजना फेब्रुअरी १२ देखि १८ तारिखसम्म चल्नेछ । फेब्रुअरी १८ अर्थात् फागुन ७ गते फेसबुक लाइभमार्फत आइफोन एक्सको विजेता छनोट गरिने सिंहले जानकारी दिए ।

प्रतिक्रिया