म्युजिक भिडियोमा जमेका ‘एसके दहाल’

काठमाडौं । चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेर चर्चा आएका सुरेन्द्रकुमार दाहाल ‘एसके’ को व्यस्तता बढ्दै गएको छ । एक दशकको कला यात्रामा उनले एक सयभन्दा बढी चलचित्रका गीत र करिब तीन सयभन्दा बढी लोकदोहोरी गीतका भिडियोमा अभिनय गरेको जनाए ।

०४२ साल काभ्रेमा बुवा रेशमबहादुर दाहाल र आमा भवानीको कोखबाट जन्मिएका दाहाल म्युजिक भिडियो जम्दै गएका छन् । यस क्षेत्रमा निकै संघर्ष गरेर आइपुगेको बताउने दाहालले नृत्यबाट आफ्नो करिअर सुरु गरेको बताए । गु्प डान्सबाट आफ्नो करिअरलाई अघि बढाएको उनले बताउँदै भने, ‘सानैदेखि डान्समा रुचि थियो । डान्स गर्दागर्दै यसै क्षेत्रमा होमिए ।’

उनले मोडल रञ्जिता गुरुङसँगको पहिलो सहकार्यमा सार्वजनिक भएको गीत ‘जुनमा पनि दाग छ’ को भिडियोको चर्चा चुलिएपछि उनको माग बढेको हो । पहिलो भिडियोले सर्वाधिक चर्चा पाएपछि यस क्षेत्रमा तानिएको दाहालले सुनाए । उनले त्यसपछि वाचा कसम खाको, पल पल झल्को, सिरु फुल्यो सेतैजस्ता दर्जनौ लोकदोहोरी गीतमा अभिनय गरेका छन् ।

उनले अभिनेत्री सोनिया केसी, करिश्मा ढकाल, अञ्जु निरौला, अञ्जली अधिकारी लगायतका दर्जनौ सेलिब्रेटी कलाकारसँग सहकार्य गरेको बताए । त्यस्तै, मेरी बास्सै, जिरे खुर्सानी, रातो पिरो, गोलामाल, लगायतका आधा दर्जनभन्दा बढी हाँस्य टेलिसिरियलमा समेत उनले काम गरेका छन् । उनले अभिनयसँगै व्यवसायलाई पनि सँगसँगै अघि बढाएका सुनाए । कलाकार दाहालले विभिन्न म्युजिक भिडियोबाट राष्ट्रियस्तरका अवार्ड, दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान पाएका छन् ।

प्रतिक्रिया