रेडिअन्ट र न्यु भिजन च्याम्पियन

काठमाडौं । रेडिअन्ट पब्लिक र आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । दोहोरो उपाधि जितेको रेडिअन्ट सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । न्यु भिजन सिनियर गल्र्समा पहिलो भयो ।

सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले नेरिक एकेडेमीलाई ५३–४९ ले पराजित ग¥यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २० अंक जोडे । ग्रामरले तेश्रो स्थानमा चित्त बुझायो । जुनियर ब्वाइज फाइनलमा पनि रेडिअन्टले नेरिकलाई नै ४३–३२ ले हरायो । रेडिअन्टका प्रस्तुत पौडेलले १६ स्कोर गरे । ग्रिनफिल्ड तेश्रो भयो ।

कोटेश्वरस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले जेनिअम नेसनल एकेडेमीमाथि २५–१३ को जित दर्ता ग¥यो । न्यु भिजनका लागि मनीषा गुरुङले १२ अंक जोडिन् । ग्रामर तेश्रो स्थानमा रह्यो । सिनियर ब्वाइजमा रेडिअन्टका उपेन्द्र बस्नेत, जुनियर ब्वाइजमा रेडिअन्टकै राज रोक्का र सिनियर गल्र्समा न्यु भिजनकी मनीषा गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा इरिस एकेडेमीका उज्ज्वल लिम्बू, जुनियर ब्वाइजमा नव ज्योतिका सुनील थापा मगर र सिनियर गल्र्समा रेडिअन्टकी अशु गौतम उदीयमान खेलाडी चुनिए । सिनियर ब्वाइजमा ग्रामरका विश्वास राई, जुनियर ब्वाइजमा नेरिकका भुवन थापा र सिनियर गल्र्समा जेनिअमकी रोजी थापा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठ, न्यु भिजन सञ्चालक समितिका अध्यक्ष टीकाराम काफ्ले, न्यु भिजन व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर राम भारती, न्यु भिजनका प्रिन्सिपल गणेशकुमार भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १९ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिम सहभागी थिए ।

प्रतिक्रिया