माछापुच्छ्रे बैंकको ‘एजुकेसन हब’ सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले उच्चशिक्षा अध्ययनकालागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवाशुरु गरेको छ । बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिककर्जा रअनलाईन भुक्तानीसेवासम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त हब सञ्चालनमा ल्याएको हो । उक्त हबबाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन् । बैंकको काठमाडौ स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ ।

अब उच्च शिक्षा अध्ययनका लागि विदेश जानचाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्तगर्न सक्नेछन । साथै कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् । विद्यार्थीहरुले सोही हबबाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा जस्तै PTE, IELTS, GMAT, GRE, TOEFL, SAT, USMLE, ACT, ACCA, Australian Visa Fee, College Application, Seminar Registration, Transcript Order, आदिबारेजानकारी लिनतथा सेवाउपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।

यस बाहेक विद्यार्थीहरुले शाखामार्फत आफुलाई उपयोगीबैंकको स्टुडेन्ट सेभिङ्ग बचत खातापनितुरुन्तै खोल्न सक्नेछन् ।यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जानचाहने विद्यार्थीहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँद ादिनहरुमा आफ्ना अरु शाखामार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु र ५७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५० स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया