बिद्यार्थी कुट्ने प्रअको राजिनामा माग गर्दै विद्यालयमा ताला  

कृष्ण ओझा, पाँचथर । फिदिम माविका प्रअ दुर्गाराज खत्रिले बिद्यार्थी कुटेको आरोपमा राजिनामा माग गर्दे विद्यालयमा ताला लगाइएको छ । कक्षा ९ का विद्यार्थी रोहित राईमाथि प्रधानाध्यापक दुर्गाराज खत्रीले  गत बिहिबार कुटपीट गरेका थिए । सो घट्ना थप लम्बिए पछि बिद्यार्थि संगठनले आन्दोलन थालेको हो  । गत विहीवार बेञ्च बङ्ग्याएको विषयमा राई कुटिएपछि उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

जिल्ला अस्पतालमा उपचारपछि उनको टाउकोमा असर परेको हुन सक्ने भन्दै सीटी स्क्यानका लागि झापाको विर्तामोड पठाइएको थियो । तर, विर्तामोड पठाइएका उनलाई सीटी स्क्यान नगरी फिर्ता गरिएपछि यो विषयमा थप शङ्का उत्पन्न भएको छ ।

 बावु सञ्जय राईले झापाको विर्तामोड स्थित वि एण्ड सी अस्पतालमा चिकित्सकहरुले रोहितको थप उपचार गर्नु नपर्ने भन्दै फिर्ता गरि दिएको वताए । यद्यपी घट्नालाई मत्थर पार्न नियोजित रुपमा उनलाई सीटी स्क्यानका लागि पठाइएको भन्दै आलोचना समेत सुरु भएको छ ।

यता जिल्लाका तीन विद्यार्थी संगठनहरुले फिदिम मावि को प्रशासन तथा विद्यालय ब्यवस्थापन समिति र प्रअको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र समाजवादी विद्यार्थी फोरमले विद्यार्थीको चेतना र मनोविज्ञानमा गम्भिर असर पारेको भन्दै प्रधानाध्यापक खत्रीको राजीनामा माग गर्दै विद्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रधानाध्यापक खत्रीले भने आफूले सोधपुछ गर्ने क्रममा आक्रमण गर्न खोजेपछि विद्यार्थीराईमाथि सामान्य कुटपीट गरेको तर, उक्त घट्नालाई नियोजित रुपमा उचालिएको बताउँदै आएका छन् । यस्ता शिक्षाक्षेत्रमा शिक्षक तथा बालबालिकामाथिहुने अपराधका बारे उजुरी दिए पनि उपचार खर्चमा मिलाउने , कानुनि पक्षमा संवन्धित निकाय मौन रहदै आएको पीडितअभिभावहरुको गुनासो हेको छ । बाल अधिकार हननका दोसिलाइ छानविनगरी न्यायको शिदान्त पालना गर्न जिल्लास्थित मानवअधिकार कर्मीहरुले बिज्ञप्ती जारी गरेका छन ।

प्रतिक्रिया