रंग‍-विविध

सन्ध्या भइन् सुपर मोडल

सौर्य अनलाइन २०७५ माघ २८ गते ८:४७ मा प्रकाशित

काठमाडौं । ‘सुपर प्लस साइज मोडल नेपाल २०१९’ को उपाधि सन्ध्या केसीले हात पारेकी छन् । उनले शीर्ष ताजसँगै ५० हजार रुपैंयाँ, विभिन्न उपहार तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टप अफ द वल्र्ड प्लस साइज २०१९’ मा सहभागिताको अवसरसमेत पाएकी छन् ।

राष्ट्रिय नाचघरमा सम्पन्न दोस्रो संस्करणको प्रतियोगितामा नेहा गिरी ‘फस्र्ट रनर अप’ भइ ३० हजार रुपैंयाँसँगै ‘वल्र्ड टप प्लस साइज २०१९’ मा सहभागिताको अवसर पाएकी छन् । त्यस्तै आशा चौधरीले ‘सेकेन्ड रनर अप’ सँगै २० हजार रुपैयाँ हात पारिन् ।

ओमानियाको प्रस्तुतिमा शारीरिक वजन बढी भएका महिलाको लागि मोडल सङ्स नेपालले आयोजना प्रतियोगितामा नेपाल महिला च्याम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ प्रमुख अतिथि थिइन् । प्रतियोगितामा गायक सिताराम पोखरेल, अभिनेत्री सुष्मा कार्की, नायक तथा कोरियोग्राफर गजित बिष्ट, सौन्दर्य व्यवसायी रेखा मोदी मित्रुका, निर्देशक योगेश घिमिरे र समाजसेवी तथा महिला व्यवसायी शर्मिला सुब्बा निर्णायक थिए ।

आयोजक संस्थाकी प्रियंका बोथ्राले मोटोपनका कारण निराश भई बसेका महिलाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइन् ।

प्रतियोगीलाई सपना राई र आरती प्रधानले एक महिनासम्म शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए । संस्थाका प्रबन्ध निर्देशक डेभिलसिंह राजपुतले अधिकांश सौन्दर्य प्रतियोगिताले अविवाहित र पातलो शारीरिक बनावट भएकालाई मात्र स्थान दिँदै आएकोमा शारीरिक रूपमा मोटा र विवाहित महिलालाई आफूहरूले स्थान दिएको बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय