ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने

बुटवल । बुटवलमा पहिलोपटक राष्ट्रियस्तरको ह्वीलचियर बास्केटवल प्रतियोगीता हुने भएको छ । बुटवल लायन्स क्लब अफ बुटवल सयपत्रीले नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको सहकार्य अपांङ्गता भएका व्यक्तिको खेलकुदको प्रतिभालाई उजागर गर्नको लागि बुटवलमा ह्वील चियर बास्केटवल प्रतियोगीता आयोजना गर्न लागेको हो ।

प्रतियोगीताको विषयमा आईतबार बुटवलमा पत्रकार सम्मेलनको गरी यहि फागुन २४ र २५ गते बुटवलमा उक्त प्रतियोगीता आयोजना गर्न लागिएको जानकारी दिएको हो । लायन्स क्लव अफ बुटवल सयपत्रीका अध्यक्ष रोशनी पाण्डेले समाजमा अपांगता भएका व्यक्तिहरुमा रहेको क्षमतालाई देखाउन, उनीहरुमा रहेको हिनताबोध हटाउन प्रतियोगिताको आयोजना गरिएको बताइन् ।

बुटवल देवीनगरमा रहेको भुपु सैनिक क्लव देवीनगर बुटवल रुपन्देही को प्राड्डणमा हुने प्रतियोगीतामा नेपालभर बाट १ सय भन्दा बढि ह्वीलचियर बास्केटवल प्रतियोगीहरु सहभागी हुने छन् । प्रतियोगीतामा ७ वटा प्रदेश बाट प्रदेश स्तरिय खेलाडीहरुको साथै ४ वटा छुट्टै महिला खेलाडी टिमको पनि सहभागीता हुने कार्यक्रम संयोजक एली क्षेत्री जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम हुने महिला र पुरुष दुबै टिमलाई नगद २५ हजार, द्वितीय टिमलाई २० हजार र तृतिय टिमलाई १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमा लायन्स क्लव अफ बुटवल सयपत्रीकी पुर्व सचिव कमला कुँवर बस्नेतको सञ्चालन तथा कल्पना सिवाकोटीको स्वागतमा भएको थियो ।

प्रतिक्रिया