विधायकको गोली हानी हत्या

कोलकाता । भारतको पश्चिम बंगालका एक जना विधायकको सरस्वती मन्दिरमा पूजा गर्न गएको वेलामा गोली हानेर आइतबार हत्या भएको छ । तृणमूल कांग्रेसका विधायक सत्यजित विश्वासको हत्या भएको हो । उनी मजधिया क्षेत्रमा आयोजित सरस्वती पूजाको कार्यक्रममा गएका थिए ।

कार्यक्रमको समयमा जब उनी मञ्चबाट ओर्लन लागेका थिए, त्यही वेला कोही अज्ञात व्यक्तिले गोली प्रहार गरेको थियो । सो कार्यक्रममा १ सय जनाभन्दा बढी मानिसको सहभागिता रहेको जनाइएको छ ।

गोली प्रहार गरिएको बन्दुक भने प्रहरीले बरामद गरेको छ । तृणमूल कांग्रेसले सो घटनामा भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको हात रहेको आरोप लगाएको छ । सो पार्टीले बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएको छ । उता भाजपाले भने तृणमूल कांग्रेसभित्रै चलिरहेको झगडाको कारणले यो घटना भएको आरोप लगाएको छ । सत्यजीत विश्वास बंगलादेशसँग सीमा जोडिएको कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित विधायक हुन् ।

प्रतिक्रिया