रायमाझीको कोसेली ‘शुभकामना’ सार्वजनिक

काठमाडौँ । सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीको सांगीतिक कोसेली ‘शुभकामना’ सार्वजनिक भएको छ । पञ्चामृत म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गीतमा रायमाझीको आफ्नै शब्द, संगीत तथा एकल आवाजमा रहेको छ ।

सोही गीत राजु कार्कीले एरेन्ज गरेका हुन् । होम धितालद्वारा निर्देशन गरिएको सोही गीतको भिडियो मरुभुमी नारायणले छायांकन गरेका छन् भने सम्पादन रोशन धितालले गरेका हुन् । सबै मानिसको बर्षमा एकपटक आउने जन्मदिनलाई बिशेष लक्षित गरी गीत बजारमा ल्याएको गायक तथा सञ्चारकर्मी रायमाझीले बताए ।

उनि विभिन्न मिडियामा आबद्ध रहनुका साथै गीत संगीतमा समेत अगाडी तानिदै आएका छन् । सम्पूर्ण नेपालीको सम्झनामा तयार गरिएर बजारमा आएको उक्त गीत ‘शुभकामना’ दर्शक स्रोताको रोजाइमा पर्छ भन्नेमा आफु विश्वसनीय रहेको रायमाझीले दाबी गरे ।

प्रतिक्रिया