आरएमडिसीबाट कर्जा विश्लेषण तालिम सम्पन्न

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा विश्लेषणसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । उक्त तालिम माघ २४ देखि २६गते सम्म संचालन भएको थियो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका ३२ वटा सहकारी संस्थाका ३२ जनाऋण हेर्ने कर्मचारी तथा ऋण समितीको संयोजकहरूको सहभागीता रहेको थियो ।

प्रशिक्षकहरूले ऋण लगानीका सिद्धान्तहरू, प्रकृया तथा ऋण बिश्लेषणका ५ अवधारणा, भाका नाघेको असर तथा त्यसको ब्यवस्थापन, नगद प्रवाह विवरणको फिल्डमा गै अभ्यास गरिनुका साथै ऋण बिश्लेषण फारम, ऋणका गुण स्तरका साथै बित्तीय सुचकहरूका बारेमा जानकारी दिदै ऋण उप–समिती र ऋण अधिकृतको जिम्मेवारी, ज्ञान, सिपका बारेमा समेत प्रशिक्षण दिए ।

प्रतिक्रिया