कमलादीमा पठन मेला

काठमाडौं । पठन संस्कृतिको विकास गर्ने लक्ष्यका साथ पठन मेलाको आयोजना गरिएको छ । विभिन्न विद्यालयलाई देशव्यापी रूपमा पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउँदै आएको शिक्षा नेपालले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रिय पठन मेलाको आयोजना गरेको हो ।

‘नेपाल पढ्दै छ’ भन्ने मूलनाराका साथ नेपालले पठन मेलाको आयोजना गरेको हो । नेपालमा सरकारले पुस्तकालयको अवधारणा अघि सारे पनि त्यसको उचित व्यवस्थापन हुन नसकेकाले पुस्तकालयको विकास र विस्तारका लागि संस्थाको गठन गरिएको संस्थाका संस्थापक प्रेमबहादुर बोहोराले बताए ।

उनले भने, ‘नेपालमा पुस्तकालयको स्थापनाका लागि सरकारले रकम र कर्मचारीको व्यवस्था त गरेको छ, तर पुस्तकालयको पहुँच आम जनतामाझ पुग्न सकेको छैन ।’ देशभर पुस्तकालयको व्यवस्था गर्नका लागि आफ्नो संस्थाले विभिन्न स्वयंसेवकलाई परिचालन गरेको उनले जानकारी दिए ।

सो अवसरमा द एसिया फाउन्डेसनका प्रोगाम म्यानेजर समिरा श्रेष्ठले फाउन्डेसनले नेपालभित्र दुई सयभन्दा बढी पुस्तकलाई इ–बुकका रूपमा राखेको जानकारी दिइन् । उनी भन्छिन्, ‘फाउन्डेसनले नेपाली पुस्तकलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वका विभिन्न देशमा पु¥याउन सफल भएको छ ।’ पठन मेलाका अवसरमा फाउन्डेसनले शिक्षा नेपाललाई २५० वटाभन्दा बढी पुस्तक प्रदान गरेको थियो । पढ्ने मान्छेलाई पुस्तक आवश्यक नपर्ने विश्व बालबालिका पुरस्कार २०१४ बाट सम्मानित भएकी सामाजिक अभियन्ता इन्दिरा रानामगरले बताइन् ।

प्रतिक्रिया