अदालतको ‘मीठो बोली’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘अदालत’ को रोमान्टिक गीत ‘मीठो बोली’ सार्वजनिक भएको छ । २४ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको यो गीतमा सुसन साम्सोहाङ र मेनुका राईको आवाज छ । गीतमा दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको संगीत छ । गीतमा दिनेश माङ्मुको कोरियोग्राफी छ ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र उक्त गीतमा एलिना बासकोटा, मदन भुजेल लगायतको अभिनय छ । गीतलाई राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा संसदीय दलका नेता देव गुरुङले सार्वजनिक गरे । नेता गुरुङले फिल्मले सकारात्मक कथा बोक्नेमा आफू आशावादी रहेको बताए । कार्यक्रममा नेता गुरुङले मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बुलाई सम्मान गरेका थिए ।

चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाइएको बताए ।

चलचित्रमा राजकुमार अधिकारी, एलिना बास्कोटा, मदन भुजेल, उदय सुब्बा, दिपक क्षेत्री, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, प्रेम आले, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै चलचित्रबाट डेब्यु गरेका हुन् ।

चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन छ । चलचित्रमा वसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । चलचित्रमा कविता राई लिङ्देन निर्मात्री छन् ।

प्रतिक्रिया