सूर्यवंशी निर्देशन गर्दै फराह

एजेन्सी, मुम्बई । ‘रोहित सेट्टी फिक्चर्स’ बाट बन्न लागेको चलचित्र ‘सूर्यवंशी’ निर्देशन फराह खानले गर्ने भएकी छन् । बलिउड निर्देशक रोहित सेट्टीले आफ्नो प्रोडक्सन हाउसबाट निर्माण हुन लागेको उक्त चलचित्रको निर्देशनको जिम्मेवारी पहिलोपटक अरूलाई नै दिएका हुन् ।

फराहले निर्देशन गर्ने उक्त चलचित्र एक्सन–कमेडी हुने निर्माण पक्षले जनाएको छ । रोहितका चलचित्र बलिउडमा निकै सफल भएका छन् । उनका लगातार ८ चलचित्र सय करोड क्लबमा प्रवेश गरेका थिए । पछिल्लोपटक रोहितको ‘सिम्बा’ ले बलिउडमा निकै तहल्का मच्चाउन सफल भएको थियो ।

कोरियोग्राफरको रुपमा बलिउडमा करिअर प्रवेश गरेकी फराह यो चलचित्रलाई लिएर निकै उत्साहित बनेकी छन् । कोरियोग्राफीमा सफलता हात पार्दै गएपछि उनी चलचित्र निर्देशनतिर लागिन् । उनले निर्देशन गरेका चलचित्र ‘मे हुँ ना’, ‘ओम शान्ति ओम’, ‘ह्याप्पी न्यू इयर’ लगायत निकै हिट छन् ।

लामो समयपछि निर्देशनमा फर्केकी फराहले यो चलचित्रले बलिउडमा सफलता पाउने विश्वास लिएको बताएकी छन् । यो चलचित्रमा अक्षय कुमारले पुलिस अफिसरको भूमिका देखिने बताइएको छ ।

प्रतिक्रिया