सात महादेशका सातै शिखर चढ्दै बाबुछोरा

काठमाडाैं । हिमालय क्षेत्र र त्यहाँको स्थानीय मौलिक समुदाय तथा संस्कृृति जोगाउन बाबुछोराले संयुक्त अभियान थाल्ने भएका छन् ।

१४ वर्षीय सोनाम शेर्पा र उनका बुबा पूर्णकुमार शेर्पा पिकेले मार्च महिनादेखि सात महादेशका सातै उच्च हिमाल आरोहण लागेका हुन् । हिमालय जोगाउ भन्ने सन्देश विश्वभर फैलाउने उदेश्यले बाबुछोराले अभियान सुरु गर्न लागेका हुन् ।

नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा ‘जलवायु परिवर्तनका असर न्युनिकरण सचेतना अभियान’ नामक दिएर काम शुरु गर्न लागेको उनीहरूले बताए । विश्व तथा स्थानिय जलवायु परिवर्तनले विशेषगरि हिमालय क्षेत्रलाई मुख्य असर गरेको छ ।

हिमालय विना जिवनको कुनै अस्तित्व छैन त्यसैले हिउ होइन हिमालय जोगाऔ भन्ने सन्देश दिन बाबुछोराले संयुक्त अभियान थालेका हुन् । उनिहरुले माउन्ट कोस्युज्को अस्ट्रेलिया, माउन्ट किलीमान्जेरो अफ्रिका, माउन्ट एकोन्कागुवा दक्षिण अमेरिका, माउन्ट डेनाली उत्तर अमेरिका र अन्त्यमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका हुन् ।

सन् २०१९ मार्चदेखि सुरु हुन लागेको उक्त अभियान २०२० मे महिनामा सकिनेसमेत पत्रकार सम्मेलनमा जानकारी दिए । हिमालय र पृथ्वीसँगै जोगाऔँ भन्ने उद्देश्यले उनले यो अभियान सुरु गर्न लागेका हुन् । यसअघि पिकेसंगै १४ वर्षीय सोनामले ५ हजार ६ सय मिटर उचाईसम्म सगरमाथा आरोहण गरिसकेका छन् । ताप्लेजुङमा जन्मिएका पिकेले विगत दुई दशकदेखि नै हिमालय क्षेत्रको जनजीवन प्रत्यक्ष रूपमा अनुभव गरेका छन् ।

प्रतिक्रिया