प्रेम दिवसमा खाए बद्री पंगेनीले, लक्ष्मीको ‘म्वाई’

काठमाडौँ । चर्चित गायक बद्रि पंगेनी र लक्ष्मी बानियाँको स्वरमा नयाँ लोकदोहोरी गीत ‘म्वाई’ सार्वजनिक भएको छ । प्रेमी र प्रेमिकाबीच मनाउदै आएको प्रेम दिवसको अवसर पारेर गत माघ २५ गते उक्त गीत सार्वजनिक गरिएको छ ।

सितारा म्युजिक प्रालिको प्रस्तुति रहेको सोही गीत एकनारायण भण्डारीको संगीत तथा शब्द सृजनामा सजिएको छ । बिशेष विश्वमै मनाइने प्रेम दिवसलाई नै लक्षित गरेर सोही दिनमै गीत बजारमा ल्याएको गायक पंगेनीले बताए ।

त्यस्तै निर्देशक शंकर बिसीले उक्त गीतको भिडियो निर्देशन गरेका छन् भने निर्देशक बिसी र नायिका निता ढुंगानाले अभिनय गरेका छन् । मधुर बस्नेत र शम्भु चालिसेले छायांकन गरेको सोही भिडियो नबिन घर्ती मगरले सम्पादन गर्नुका साथै म्युजिक नेपालको युट्युब च्यानल मार्फत बजारमा आएको छ ।

गीत सार्वजनिक भएसँगै धेरै दर्शक स्रोताको रोजाइमा पनि परेको छ । नयाँ ढंगबाट सृजना गरिएको यस गीतले अविवाहित युवा युवतीको जोडीलाई सुहाउनदेखि लिएर प्रेमी, प्रेमिकाबिचको छुट्न लागेको सम्बन्धलाई अझै नजिक बनाउन मदत गर्ने गीतकार एकनारायण भण्डारीले जिकिर गरे ।

त्यस्तै गीतको भाव र नयाँपनको उक्त गीतमा फरक खालको निर्देशन गर्नुका साथै नायिका निता ढुंगाना र आफ्नो छुट्टै खालको अभिनय रहेको निर्देशक शंकर बिसीले बताए ।

प्रतिक्रिया