कुटिएका विद्यार्थीको सिटस्क्यान, प्रअ विरुद्ध उजुरी

कृष्ण ओझा, पाँचथर । फिदिम माविका प्रअ दुर्गाराज खत्रिबिरुद्ध कुटिएका बिध्यार्थिका बाबुले प्रहरीमा उजुरी दिएका छन । कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पतालनै भर्ना हुने गरी कुटपिट गरिएको थियो ।कुटिएका बिद्यार्थि रोहित लाइ सिटिस्क्यान गर्न जिल्ला बाहिर लगिएको छ । उनलाइ खत्रिले बिहिबार कुटपिट गरेका हुन । प्रधानाध्यापक खत्रिलाइलाई कार्वाहिको माग गर्दै पिडितका बाबु सुनिल राईले शुक्रबार जिल्ला प्रहरीमा जाहेरी दिएका छन् ।

आफ्नो छोरालाई प्रअले खत्रिले विना कारण कुटपिट गरेकाले कानुन बमोजिम कार्वाहि र घाजाचका गर्न माग गर्दै जाहेरी दिएको पाँचथर प्रहरीका डिएसपी नरेन्द्र कुवरले जनाएका छन् । प्रहरीकार्यायको कटेजमा बिद्यालय व्यवस्थापन र पत्रकार बिच घटनाबारे छलफलमा प्रअ खत्रीले बिद्यार्थिलाइ सुर्धान खोज्दा सजाय दिदा गल्ती भएको स्वीकारेका छन । छलफलमा राईलाई सामान्य कुटपीट गरिएको र यस अघि पनि अनुसासन ठिक नभएको खत्रिले जनाएका थिए ।

त्यस्तै, बालकको टाउकोमा चोट हुन सक्ने भएकाले थप उचारका लागि झापा लगेको पाँचथर प्रहरीले जनाएको छ । बाललको टाउकोको भित्रि भमगमा भएको चोटका कारण उनको सिटि स्क्यान का लागि झापा लगिएको पारिवारीक स्रोतले बताएको छ । घटनाको बारे बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भगत प्रधानागले, एक जना प्रअले हजार वढि विध्यार्थिहरुलाइ कन्ट्रोल गर्न सजिलो नभएको जनाउदै बिद्यालयलाइ सुधार गर्दै जाने बताए ।

कुटपिटको घटनालाइ लिएर प्रधानाध्यापक दुर्गाराज खत्रीलाई कार्वाहि मागगर्दै पाँचथरका केहि विद्यार्थी संगठनले खत्रिको राजिनामा सहितको प्रेश बक्तव्य जारी गरेका छन । वक्तव्य जारीगर्नेहरुमा, अनेरास्ववियू जिल्ला कमिटि पाँचथर, अनेरास्ववियू(क्रान्तिकारी), जिल्ला कमिटि पाँचथर र समाजबादी विद्यार्थी फोरम, संघिय विद्यार्थी युनियन, किराँत राई विद्यार्थी संघ लगायतका छन ।

प्रतिक्रिया