नेपाली बजारमा उपलब्ध महँगा स्कुटर

काठमाडौं । नेपालमा अहिले दुईपांग्रे सवारीसाधन प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै छ । सहजताका लागि स्कुटरको प्रयोग बढ्दै गएका कारण अहिले यो शोख भन्दा पनि आवश्यकता बनिसकेको छ । पछिल्लो समय नेपाली बजारमा आकर्षक डिजाइनसंगै विशेषतासंगै उच्च मुल्यका स्कुटरको बिक्रीवितरण भैरहेको छ ।

लामो समयदेखि नेपाली बजारमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको टीभीएसको कम्पनीको आधिकारीक वितरक जगदम्बा मोट्र्सले सबैभन्दा महङ्गो स्कुटर स्वरुप एनटर्कको बिक्री–वितरण गर्दैआएको छ । यस स्कुटरको मूल्य २ लाख २४ हजार ९ सय रहेको छ ।

एनटर्क १२५ टेक्नोलोजी प्लेटफर्म टीभीएस स्मार्ट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर्सहरू नर्मल मोडमा पाइन्छ । यसमा १२६.७९ सीसीको सिङ्गल सिलिन्डर, फोर–स्टोर्क, ३ भल्व एयरकूल्ड इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९.४ पीएस र ५५०० आरपीएममा १०.५ एनएम–टर्क जेनेरेट गर्छ । टीभीएसका अन्य स्कुटर लाइनअपमा एनटर्क, जूपिटर, वीगो जस्ता मोडल रहेका छन् ।

नेपालको लागि भेष्पाको आधिकारीक वितरक डी–लाइफ स्टाइल प्राइभेट लिमिटेडले अन्य कम्पनीको तुलनामा महङ्गो स्कुटर बिक्रीवितरण गर्दै आएको छ । यसले नेपाली बजारमा बिक्री–वितरण गर्दैआएको अधिकांश स्कुटरको मूल्य २ लाख ५० हजारभन्दा माथि रहेको छ ।
कम्पनीले बिक्री गर्दैआएको भीएक्सएल एलिजेन्ट–१५० सीसी स्कुटरको मूल्य ३ लाख ९५ हजार ९ सय ४६ रुपैयाँ रहेको छ । यो कम्पनीको सबैभन्दा महङ्गो स्कुटर हो । यसमा उपलब्ध इन्जिनले ७ हजार आरपीएममा ११.६ बीएचपी पावर उत्पादन गर्नुकासाथै ७ हजार आरपीएममा ११.५ एनएम–टर्क उत्पादन गर्छ ।

त्यस्तै, १५० सीसीको सेग्मेन्टअन्तर्गत एक्सएल म्याट–रेड र पहेलो रङ्गका स्कुटरको मूल्य ३ लाख ७० हजार ९ सय ४६ रहेको छ । कम्पनीको लाइनअपमा रहेका महङ्गा स्कुटरमा भीएक्सएल–१२५, एसएक्सएल, भीएक्सएल–१५० लगायतका मोडल रहका छन् । यसको सबैभन्दा सस्तो मोडल एलएक्स–१२५ को मूल्य २ लाख ५९ हजार ९ सय ४६ रुपैयाँ रहेको छ ।

इटलीयन ब्रान्डको अप्रिलाले एसआर १५० स्कुटर नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यो पावरफुल स्कुटरको मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ रहेको छ । यसमा १५४.८ सीसीको सिगंल सिलिन्डर, ३ भल्भको इन्जिन रहेको एप्रिला एसआर १५०ले ६७५० आरपीएममा १०.२ पीएस पावर तथा ५००० आरपीएमा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर को उच्चगति १०१ किलोमिटर प्रतिघन्टा रहेको छ ।  होन्डाको लागि नेपालको आधिकारीक वितरक स्याकार ट्रेडिङ्ग प्राइभेट लिमिटेडले होन्डा ग्राजियाको बिक्री गरिरहेको छ । ग्राजिया डीएलएक्स स्कुटरको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । यो अटोमेटिक एलईडी हेडलाइट भएको पहिलो स्कूटर हो ।

त्यसैगरी, यसमा अल–डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर र स्मार्टफोन चार्ज गर्न मिल्ने फ्रन्ट पकेटसमेत छ । होन्डाको एक्टिभामा प्रयोग गरिएको १२५ सीसी एयरकुल्ड फोर–स्ट्रोक इञ्जिन नै यसमा पनि प्रयोग गरिएको हो । यसले ८.५२ बीएचपी पावर र १० दशमलव ५४ एनएम–टर्क प्रदान गर्छ ।

प्रतिक्रिया