पूजा र आकाश लन्डनमा

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनका लागि लन्डन उडेका छन् । उक्त चलचित्रको छायांकनका लागि पूजा, आकाश सहितको निर्माण टोली राति लन्डन गएको हो । सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको उक्त चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा पूजा, आकाश र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ ।

साथमा चलचित्रमा अभिनेत्री गौरी मल्ल, अभिनेता सरोज खनाल र धिरेन शाक्यको समेत मुख्य भूमिका रहने जनाइएको छ । अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको यो चलचित्रमा महेश दवाडीको कथा रहेको छ ।

प्रतिक्रिया