६ सांसदले गरे घरभाडा नलिने घोषणा

बुटवल । रूपन्देहीमा घर भएका ६ जना सांसदले प्रदेशसभा सचिवालयले उपलब्ध गराउने घरभाडा रकम नलिने घोषणा गरेका छन् । घरभाडाबापत प्रदेश सभा सचिवालयले प्रतिसांसद १५ हजार रुपैयाँ दिँदै आएको थियो । प्रदेशसभा स्थापना भएको एक वर्षसम्म घरभाडा बापतको रकम थाहै नपाई खातामा गएको भन्दै नेकपाका ६ जना सांसदले घरभाडा वापतको रकम नलिने बताएका हुन ।

उनीहरूले प्रदेश सभा सचिबालयमा भाडा वापतको रकम नलिने भन्दै हस्ताक्षार समेत गरेका छन् । नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल, सचेतक दधिराम न्यौपाने, सांसदहरू भोज प्रसाद श्रेष्ठ, तुल्सी चौधरी र कमला वि.क.ले घरभाडा बापतको रकम नलिने नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।

प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदहरूलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो । त्यसपछि मात्र सांसदहरूले घरभाडा वापतको रकम नलिने भएका हुन । एक बर्ष सम्म प्राप्त गरेको रकमलाई भने सामाजिक कोष बनाउने योजना रहेको सत्तापक्षका सांसदहरूले बताएका छन् । ।

त्यस्तै रूपनदेही जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा,विमला पन्थी, दीपा विक, सुनिता थटेर लगायतका सांसदरू भने भाडामा बस्दै आएकाले घर भाडा बापतको रकम लिएको बताइएको छ । संघीय सांसदहरूमा पनि यो विषय उठेपछि केही सांसदहरूले बुझदै आएको घरभाडा फिर्ता गरेका थिए । भाडाको विषयमा कांग्रेस सांसदहरूले कुनै निर्णय गरेका छैनन । ८७ सदस्यीय प्रदेशसभा रूपन्देहीबाट एकजना मन्त्रीसहित १८ सांसदहरूले प्रतिनिधित्व गर्छन् ।

प्रतिक्रिया